न्याय माग्दै प्रहरीलाई सारुककी आमाको प्रश्न – सुटिंगको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो ?

२०८० भाद्र २०, बुधबार

आफ्नो घरमा झुण्डिएको अवस्थामा फेला परेका अभिनेता सारुक ताम्राकारकी आमा रुकमणी ताम्राकारले आफ्नो छोराले के कति कारणले सो अप्रिय निर्णय लिए भन्ने बारेमा प्रहरीले गरिरहेको छानविनको सत्यतथ्य बाहिर ल्याउन माग गरेकी छन् ।

सोमबार फेसबुकमा स्टाटस लेख्दै गनले यस्तोमा माग गरेकी हुन् ।

‘मेरो छोरा गुमाउनुको साथै ५२ दिनमा मेरो श्रीमान पनि गुमाउदा म माथि ठुलो बज्रपात परेको छ । यतिका दिन सम्म पनि पुलिस प्रशासन बाट छानबिन कहाँ सम्म पुग्यो भन्ने कुराको खबर न आउदा ,म सम्पूर्ण पुलिस प्रशासनलाई अनुरोध गर्दछु’, फेसबुक पोस्टमा उनले लेखेकी छन्, ‘छोराको अन्तिम शूटिंगको बेला के भएको थियो र मेरो छोराले यो कदम लियो भन्ने कुरा को छानबिन राम्रो संग गरिओस र पुलिस ले फोन डिटेलस् प्रस्ट अगाडी ल्याउनु हुन अनुरोध गर्दछु’, रुकमणिले लेखेकी छन् ।

उनको स्टाटस नीता ढुंगाना, मलिना जोशी, बेनिशा हमाल, गरिमा शर्मा, अञ्जना बराइलीलगायतका कलाकारले सेयर गरेका छन् ।

प्रहरीले सारुकको परिवारले घटना लगत्तै दिएको निवेदनका आधारमा छानविन गरिरहेको बताउँदै आएको छ। यध्यपी पछि सारुककी दिदी प्रहरीकोमा अभिनेत्री नम्रता श्रेष्ठका विरुद्ध किटानी जाहेरी दिन जाँदा त्यसको आवश्यक नपर्ने भन्दै फर्काइदिएको थियो ।

घटनाको दिन ‘ह्यासट्याग माया’को छायाँकनका क्रममा दिंवगत अभिनेता सारुकसँउ सोही फिल्मकी अभिेनेत्री नम्रता श्रेष्ठले झगडा गरेकी थिइन् ।

उनीहरुबिच निकट सम्बन्ध रहेको बताउँदै आइएको छ ।

प्रहरीले छानविन गरिरहेको सामान्य जानकारी दिए पनि घटनाका बारेमा गम्भिर अनुसन्धान नभएको नेपाली सिनेकर्मी त्यसमा पनि विशेषगरी सारुकका निकट साथीहरुको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार