अध्यागमन विभागको महानिर्देशकमा तामाङ

२०८० भाद्र २५, सोमबार

काठमाडौं : गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङलाई सरुवा गरेको छ। 

यसअघिका महानिर्देशक झलकराम अधिकारी सुन तस्करीमा संलग्न व्यक्तिहरुसँगको कनेक्सनका आधारमा मन्त्रालयमा तानिएका थिए। नयाँ महानिर्देशक तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए। 

उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार