सुर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल पक्राउ

२०८० भाद्र २५, सोमबार

काठमाडौँ : पोखरा स्थित सुर्यदर्शन सहकारीका कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्यदर्शन बचत तथा ऋण सहकारीका कोषाध्यक्ष कुमार रम्तेललाई काठमाडौँबाट पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले बताए । उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा रम्तेललाई पक्राउ गरिएको एसपी थापाले जानकारी दिए ।

सुर्यदर्शन सहकारीका संचालकहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा ९ सय ७१ जनाले रकम हिनामिना गरेको भन्दै उजुरी दिएका छन् ।

सहकारीका पूर्व अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसहित ६ जना विरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएको छ । बचतकर्ताको १ अर्ब ८ करोड रकम हिनामिना भएको जाहेरीमा उल्लेख गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार