उपाध्यक्ष नेम्वाङको निधनपछि चीन भ्रमणमा रहेका एमाले नेताहरू आजै स्वदेश फर्कँदै

२०८० भाद्र २६, मंगलवार

काठमाडौँ : उपाध्यक्ष सुवास नेम्वाङको असामयिक निधन भएपछि चीन भ्रमणमा रहेको एमाले नेताहरूको टोली आजै स्वदेश फर्किने भएको छ ।

चीनमा भ्रमणमा रहेका एमाले महासचिव शङ्कर पोखरेललगायत सबै नेताहरू आफ्नो सम्पूर्ण पूर्व निर्धारित कार्यक्रम रद्द गरेर आज नै नेपाल फर्किने तयारीमा रहेको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए।

सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गए राति हृदयाघात भएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएकामा राति नै उनको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार