नेम्वाङलाई श्रद्धाञ्जली दिँदा भक्कानिइन् केपी पत्नी

२०८० भाद्र २६, मंगलवार

काठमाडौँ : नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ।

जहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितले नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिइरहेका छन्। श्रद्धाञ्जली दिने क्रममा अध्यक्ष ओली र पत्नी राधिका शाक्य भावविह्वल अवस्थामा देखिए। उनलाई श्रद्धाञ्जली दिन एमालेका उच्च तहका नेताहरु, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि पुगिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार