काठमाडौं : नेपाली सेनाको डोल्पाको दुनैस्थित नन्दबक्स गुल्मका मेजर विमल पण्डितको शव काठमाडौं ल्याइएको छ। बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शव काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
भदौ ११ गतेदेखि बेपत्ता पण्डितको शव १६ दिनपछि गएको मंगलबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५ करवगाडस्थित भेरीनदीको किनारमा फेला परेको थियो। मेजर पण्डितको मृत्युको कारण खुल्न सकेको छैन।
पोष्टमार्टम सहितका अनुसन्धानको लागि पण्डितको शव काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।





