अब हामी प्रमुख प्रतिपक्ष भएर बस्छौँ : राजेन्द्र लिङ्देन

२०८० आश्विन २५, बिहीबार

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कोसी सरकारमा राप्रपा प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् ।

उनले राप्रपाले मध्यावधि निर्वाचन नचाहेर विगतमा एमालेलाई साथ दिए पनि अब पार्टीलाई त्यो बाध्यता नरहेको धारणा राखे । “हामीले निर्वाचन चाहेका थिएन त्यसैले विगतमा सरकारमा गयौँ । अहिले त उहाँहरूले मत पुर्‍याएर जानुभएको छ, त्यसैले हामी सत्तामा जादैनौँ,” उनले भने ।

दुई पक्षको दाबी परेको सम्बन्धमा लिङ्देनले प्रदेशको औचित्य नरहेको प्रमाणित हुँदै गएको टिप्पण गरे । “किन प्रदेश चाहिँदैन भन्ने यो प्रमाण हो । त्यसैले प्रदेश आवश्यक छैन,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार