स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री प्रचण्ड नर्भिकमा

२०८० आश्विन ३०, मंगलवार

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल गएका छन् ।

मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुगेर स्वास्थ्य चेकजाँच गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

‘नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीज्यु नर्भिक जानुभएको हो । परीक्षण सकेर निवास फर्कनुहुन्छ’, सल्लाहकार आचार्यले भने, ‘निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार  चेकजाँचका लागि अस्पताल जानुभएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार