काठमाडौँ : अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक भजिन्द्रबहादुर क्षेत्रीले विश्व तेक्वान्दो मुख्यालय (कुकिवन) बाट तेक्वान्दोको छैटौँ डान डिग्री हासिल गरेका छन् ।
आफूले प्रस्तुत गरेका चार भिडियो र थेसिसमा उत्तीर्ण भएपछि कुकिवानबाट क्षेत्रीले छैटौँ डान प्राप्त गरेको बताइएको छ । लामो समयदेखि तेक्वान्दोमा समर्पित क्षेत्रीले खेलाडीका रूपमा विश्व वरीयताको जी टु प्रतियोगिता कोरिया ओपन २००८ मा रजत पदक पनि जितेका थिए ।
तेक्वान्दोमा पुर्याएको योगदानको कदर स्वरूप क्षेत्री राष्ट्रपतिबाट जनसेवा पञ्चम श्रेणीले विभूषित समेत भइसकेका छन् । यसै गरी, कोरियाली सरकारले उनलाई सन् २०१८ मा मानार्थ नागरिक पदवी पनि प्रदान गरेको थियो । क्षेत्रीले सन् २००७ मा अन्तर्राष्ट्रिय मास्टर्स कोर्स पनि उत्तीर्ण गरेका थिए ।





