गाजामा हालसम्म १०५६९ जनाको मृत्यु, मृत्यु हुनेमा ४३२४ बालबालिका : हमास

२०८० कार्तिक २३, बिहीबार

काठमाडौं : गाजास्थित हमासको स्वास्थ्य मन्त्रालयले इजरायलसँगको द्वन्द्वमा अहिलेसम्म मारिएका व्यक्तिको तथ्यांक दिएको छ । अधिकारीहरुका अनुसार मृत्यु हुनेको संख्या १० हजार ५६९ पुगेको छ । मृत्यु हुनेमा ४३२४ बालबालिका रहेका छन् ।

यो संख्या अक्टोबर ७ देखि जारी द्वन्द्वमा मारिनेको संख्या हो । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । इजरायली सेनाका अनुसार यस हमलामा करिब १४०० जनाको मृत्यु भएको थियो भने हमासका लडाकुले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएका थिए ।

हमासले हिजो रिपोर्ट गरेको मृत्युको संख्यामा थप २४१ जनाको मृत्यु भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले जारी गरेको तथ्यांकमाथि प्रश्न उठाएका थिए तर विश्व स्वास्थ्य संगठनले यी तथ्यांकलाई विश्वसनीय मानेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार