प्रहरीका ३ जना एसपीको काज सरुवा

२०८० मंसिर १०, आईतवार

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी उपरीक्षकको काज सरुवा गरेको छ ।

एसपी रन्जु सिग्देललाई काठमाडौं उपत्यका प्र्रहरी शिक्षालय महाराजगञ्जमा सरुवा गरिएको छ । उनी प्रधान कार्यालय स्थित महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत थिइन् ।

इन्टरपोल शाखामा कार्यरत अनुपमशमशेर जबरालाई सशस्त्र प्रहरी गण नम्बर–१ नक्सालमा सरुवा गरिएको छ । राजेन्द्रप्रसाद धमलालाई सशस्त्र प्रहरी गण नम्बर–२ महाराजगञ्जमा सरुवा गरिएको प्र्रहरी प्रधान कार्यालयले जनाएको छ । एसपी धमला कानुन शाखामा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार