आफ्नै जवानलाई गोली हान्ने असई यादव निलम्बित

२०८० मंसिर १२, मंगलवार

काठमाडौं : महोत्तरीमा आफ्नै प्रहरी जवानलाई गोली हान्ने असई निलम्बनमा परेका छन् ।

महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो ।

आइतबार अपराह्न असई यादवलाई प्रदेश प्रहरी प्रमुख डिआइजी जनक भट्टराईले निलम्बन गरेको कार्यालयका प्रवक्ता एसएसपी प्रविन पोखरेलले जानकारी दिए । कार्तिक ३० गते राति ११ बजे मारुवाही प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक असई बच्चा यादवले प्रहरी जवान राजेश साहलाई गोली हानेका थिए ।

घुमुवाबाट उठाइएको रकम मागेका सिपाही साहलाई गोली हानेर घटना लुकाउने खोजेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार