गाजाबाट ६०० भन्दा बढी घाइतेको उद्धार

२०८० मंसिर २५, सोमबार

तेल अवीव : इजरायल डिफेन्स फोर्सले गाजामा ‘आइरन स्वर्ड्स युद्ध’ सुरु भएदेखि करिब ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ । दुई महिनाभन्दा बढीको अवधिमा करिब ३०० उद्धार उडानबाट ती सैनिकहरूको उद्धार गरिएको सेनाले जनाएको छ ।

आइतबारदेखि घाइते सैनिकहरूको विवरण आफ्नो वेबसाइटमा अपडेट गरिने पनि सेनाले जनाएको छ। सेनाको चिकित्सक सहितको विशेष रणनीतिक उद्धार एकाइहरूले गाजा पट्टीबाट उद्धार गतिविधिहरू जारी राखेका छन् ।

उद्धार कार्यको नेतृत्व वायु सेना सहयोग एकाइका सहायक अधिकारीहरूले गर्ने गरेको बताइएको छ । यो एकाइले स्थल र वायु सेनाबिच समन्वयको भूमिका गरिरहेको छ ।-(रासस/एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार