काठमाडौँका यी क्षेत्रमा आज चार घण्टा बत्ती जाने

२०८० पुष २१, शनिबार

काठमाडाैं : आज काठमाडौंको चाबाहिल देखि बौद्ध लगायतका क्षेत्रमा चार घन्टा बिजुली काटिने भएको छ।

उक्त क्षेत्रमा बिजुलीको लाइन मर्मत सम्भार गर्नुपर्ने भएकाले डाँछी फिडर आज बिहान साढे १० बजेदेखि दिउँसो साढे २ बजेसम्म बन्द गर्नुपर्ने विद्युत् प्राधिकरणले जनाएको छ।

फिडर सटडाउन गर्दा त्यसअन्तर्गत पर्ने चाबाहिल प्लाजा, केएल टावर, टुसाल, बौद्ध पिपल बोटदेखि जोरपाटीसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ। निर्धारित समयअगावै काम सकिएमा अगाडि नै विद्युत सेवा सुरू हुने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार