कोपा डेल रे: मड्रिड डर्बी विजयी

२०८० पुष २२, आईतवार

काठमाडौं : स्पेनिस कोपा डेल रे फुटबलमा मड्रिड डर्बी (रियल मड्रिड र एथ्लेटिको मड्रिड)ले विजयी सुरुवात गरेका छन्। आइतबार राति भएको खेलमा यी दुबै टिम विजयी भए। एथ्लेटिको मड्रिडले सिडी लुगोलाई ३–१ गोल अन्तरले हरायो। मड्रिडको जितमा मेम्फिस डिपायले २ र कोरेराले १ गोल गरे। लुगोका लागि लेनार्डोले १ गोल गरे।

त्यसैगरी रियल मड्रिडले पनि अर्नान्डीनालाई ३–१ गोल अन्तरले हरायो। रियलको जितमा होसेलु ब्राहिम र रोड्रिगोले १–१ गोल गरे। रियलका नाचोले आफ्नो पोस्टमा आत्मघाती गोल गरेपछि अर्नान्डीनाले एक गोल उपहारस्वरुप पाएको थियो। कोपा डेल रे कै अर्को खेलमा गेटाफेले इस्पानियोललाई १–० गोल अन्तरले हरायो। गेटाफेको जितमा लुइस मिल्लाले १ गोल गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार