विपिन जोशीको जन्मदिनमा प्रदर्शन

२०८० पुष २२, आईतवार

काठमाडौँ : इजरायल–हमास युद्धका क्रममा बेपत्ता कञ्चनपुरका विपिन जोशीको सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरिएको छ । आइतबार बेपत्ता जोशीका आफन्त तथा साथीभाइहरूले सकुशल उद्धारको माग गर्दै प्रदर्शन गरेका हुन् ।

ललितपुरको लगनखेलबाट सुरु गरिएको र्‍याली जावलखेलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो । जोशीको जन्म दिनका अवसरमा कार्यक्रम आयोजना गरिएको उनका दाजु वासुदेव जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार