माओवादीले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार

२०८० पुष २२, आईतवार
काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाका चुनावका लागि ६ जना उम्मेदवारको टुंगो लगाएको छ । राष्ट्रियसभाका १९ सिटमा चुनाव हुनेछ भने माओवादीले ६ सिट भाग पाएको छ ।आइतबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले उम्मेदवारको नाम टुंगो लगाएको हो । माओवादीले कोशी प्रदेशबाट चम्पादेवी कार्की, बागमती प्रदेशमा श्रीकृष्ण अधिकारी, गण्डकी प्रदेशमा मनरुपा शर्मा, लुम्बिनी प्रदेशबाट झक्कु सुवेदी, कर्णाली प्रदेशबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिम प्रदेशबाट रेणु चन्दको नाम टुंगो लगाएको हो । २३ पुसमा राष्ट्रियसभाका लागि उम्मेदवारी दर्ता हुँदैछ भने ११ माघमा चुनाव हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार