आर्सनललाई हराउँदै लिभरपुल चौथो चरणमा

२०८० पुष २३, सोमबार

लण्डन : आर्सनललाई उसैको घरेलु मैदानमा हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । खेलको अन्त्यतिर गोल गर्दै लिभरपुल २–० गोलले विजयी बनेको हो ।

खेलको सुरुवातमा पाएका अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा आर्सनलले ठुलो मूल्य चुकाउनु प¥यो । पहिलो हाफमा मार्टिन ओडेगार्डको प्रहार पोस्टमा लागेको थियो भने रिस नेल्सनले काई हाभर्टजले पनि गोलको अवसर गुमाएका थिए ।

खेलको ८० औँ मिनेटमा ट्रेन्ट अलेक्सान्डर आर्नोल्डको फ्रिकिकलाई जाकुब किविओरले आफ्नै पोस्टको जाली चुमाएपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो । इन्जुरी समयमा डिओगो जोटाको पासमा लुइस डियाजले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार