सुनचाँदीको मूल्यमा गिरावट

२०८० माघ ४, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर १ लाख १७ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९५० सय रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १३ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार