धुलिखेल र बनेपामा गाईगोठमा आगलागी हुदाँ पशुचौपाय जलेर नस्ट

२०८० फाल्गुन ४, शुक्रबार

काभ्रे : काभ्रेको धुलिखेल र बनेपामा शुक्रबार बिहान भएका दुई छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा परेर पशुचौपाय जलेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

धुलिखेल नगरपालिका-१२ शंखु अधेरीस्थित सुमनजंग थापाको गोठमा शुक्रबार बिहान सवा ३ बज आगलागी हुँदा १ वटा गाई १ र ६ वटा बाख्रा जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रहरी र स्थानीयको सहयोगमा सो स्थानमा आगो नियन्त्रणमा आएको छ ।

त्यस्तै शुक्रबार बिहानै बनेपा नगरपालिका-३ राइमालेस्थित पुरुषोतम दंगालको गाईगोठमा बिहान ४ बजेर ५० मिनेटको समयमा आगलागी हुदाँ पशुचौपाय जलेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । उनका अनुसार आगलागीबाट पशुचौपया क्षतिको विवरण आउन बाँकी रहेको छ । आगलागीको कारण पनि खुल्न बाँकी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार