स्कुल बसको ठक्करबाट धनुषामा फेरि दुईजना घाइते

२०८० फाल्गुन २०, आईतवार

जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका स्कुल बसको ठक्करबाट दुईजना घाइते भएका छन् ।

बटेश्वर गाउँपालिका ३ स्थित ढल्केवरको चिल्ड्रेन गार्डेन बोर्डिङ स्कुलको ना १ प ८५७२ नम्बरको बसले मधेश प्रदेश ०२–००५ प ५७२९ को मोटरसाइकलमा ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा सवार मिथिला नगरपालिका १ लक्ष्मीबासका २६ वर्षीय मुकेश महतो र पछाडि सवार वर्ष २३ का रुपेश महतो घाइते भएका छन् । दुबै दाजुभाइ रहेको स्थानीयले बताएका छन् ।

चालक रुपेश गम्भीर घाइते रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । दुबैजनाको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहको छ । बस प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार छन् । चालकको खोजी कार्य र दुर्घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आज बिहानै धनुषाकै जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा जनकपुरको एंजल्स बोर्डिंग स्कुलबसले ठक्कर दिँदा दुई महिलाको मृत्यु भएको छ भने अन्य ६ घना घाइते एको छ भने अन्य ६ घना घाइते छन् ।

पछिल्लो समय स्कुल बस तिवग्रगतिमा जथाभावी गुडाउँदा यात्रीसंगै बालबालिकाको ज्यान समेत जोखिममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार