जुम्ला : हिम गाउँपालिका-६ स्थित पाथरखोलामा सामूहिक स्याउ खेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पुगेका छन् ।
महासचिव विप्लवले सामूहिक स्याउ खेतीका लागि बिरुवा रोप्न कार्यक्रमको सुरुआत गर्नुहुने सो पार्टीका केन्द्रीय सदस्य बिर्खबहादुर शाहीले जानकारी दिए । पार्टीको निर्णयअनुसार सामूहिक च्याउ खेती सुरु गर्न लागिएको हो । कूल २२ हजार क्षेत्रफलमा फैलिने सामूहिक स्याउ खेतीका लागि दश हजार बिरुवा रोप्ने लक्ष्य पार्टीले लिएको छ । नेकपा जुम्लाले पहिलो चरणमा दुई हजार बिरुवा रोप्ने छ ।
पार्टीले कृषि उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले बनाएको योजनाअनुसार हिमा गाउँपालिमा सामूहिक स्याउ खेती सुरु गरिएको महासचिव विप्लवले बताए । रासस





