कस्तो रहनेछ आजको मौसम ?

२०८० फाल्गुन २७, आईतवार

काठमाडौँ : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही  बाँकी  भूभागको मौसम मुख्यतया सफा रहेको  छ  ।

आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा  रहनेछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार