काठमाडौं : ग्याल्पो ल्होसारको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।
आज सरकारी कार्यालय,सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।





