काठमाडौँ : गृह मन्त्रालयले मंगलबार २२ सहसचिव र उपसचिवको सरुवा गरेको छ । जसमा ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।
संखुवासभामा सहसचिव धु्रवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर खत्री, लमजुङमा बुद्धबहादुर गुरुङ र ओखलढुंगामा नारायण ढकाललाई खटाइएको छ । त्यस्तै, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य, धनुषामा रामुराज कडरिया, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मीना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्यलाई सिडिओ बनाइएको छ ।
गृहले सिडिओ सरुवासम्बन्धी नयाँ कार्यविधि बनाएर सरुवा गरेको हो । सरुवा गर्दा वरिष्ठ र अनुभवीलाई प्राथमिकता दिइने र सहसचिवलाई पहिलोपटक जिम्मेवारी दिँदा ख वा ग वर्गका जिल्लामा मात्र जिम्मेवारी दिइने उल्लेख छ । अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी कोषहरि निरौलालाई दिइएको छ ।
विभागको महानिर्देशक रहेका रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उनी निलम्बनमा परेसँगै विभाग नेतृत्वविहीन थियो ।





