विराटनगर : सुनकोशीमा डुबेका ३ बालबालिकामध्ये एक जनाको शव फेला परेको छ । बेपत्ता भएकामध्ये धाप्लाङ घाटभन्दा करिब १ किलोमिटर तल ९ वर्षीय रिदम मगरको शव फेला परेको हो । सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलका अनुसार शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।
बेपत्ता २ बालबालिकालाई सशस्त्र प्रहरीको गोताखोर टोली, स्थानीयबासीलगायतले खोजी गरिरहेका छन् होली खेलेर नुहाउन सुनकोशी नदीमा गएका ३ जना वालबालिका बेपत्ता भएका थिए । उदयपुरको त्रियुगा नगरपालिका–१४ धाप्लाङघाटस्थित सुनकोशी नदीमा पौडी खेल्ने क्रममा आइतबार दिउँसो तीन बालबालिका बेपत्ता हुन ।





