फेरि गयो ४ म्याग्निच्युडको भूकम्प

२०८० चैत्र २४, शनिबार

काठमाडौँ : अमेरिकामा फेरि भूकम्प गएको छ। अमेरिकाको भूगर्भ सर्वेक्षणका अनुसार ग्लेडस्टोन, न्यु जर्सीको दक्षिणपश्चिममा ४.० म्याग्निच्युडको परकम्प गएको हो।

स्थानीय समयानुसार उक्त परकम्प शुक्रबार साँझ ५:५९ बजे गएको हो। त्यही दिन बिहान न्युयोर्कमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको ८ घण्टापछि ४.० म्याग्निच्युडको परकम्प गएको हो। १.८ देखि २.२ म्याग्निच्युडसम्मका परकम्प त कम्तीमा १० पटक गइसकेको सीएनएनले उल्लेख गरेको छ।

तर कुनै क्षतिको विवरण अहिलेसम्म आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार