भिक्षुमाथि भएको दुर्व्यवहारको आलोचना

२०८० चैत्र २५, आईतवार

काठमाडौँ : बौद्ध भिक्षुमाथि प्रहरीले काठमाडौँमा गरेको दुर्व्यवहारको सामाजिक सञ्जालमा आलोचना भएको छ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीले दुई भिक्षुलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको आलोचना भएको हो। अभियानले शनिबार काठमाडौँको भद्रकालीमा शक्ति प्रदर्शन गरेको थियो। सोही क्रममा प्रहरी र अभियानका कार्यकर्ताबिच झडप भएको थियो। भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले हिँड्दै गरेका भिक्षु भेषका २ जनालाई लाठी र लात्ताले हानेको भिडियो र फोटोमा देख्न सकिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार