सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी

२०८० चैत्र २६, सोमबार

काठमाडौं : सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ।

सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ। आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास गरिरहेका छन् ।

सशस्त्र प्रहरीको यो केन्द्रीय स्टोर हो । उक्त स्टोरमा जुत्ता, मण्डी, म्याट्रेस, चुस्तालगायतका सामानहरु राखिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। विद्यतुत सर्ट भएर आगलागी भएको सशस्त्र प्रहरीको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार