१६ जनालाई सात दिनभित्र हाजिर हुन प्रहरीको सूचना

२०८१ बैशाख १०, सोमबार

काठमाडौँ : नेपाल प्रहरीले १६ जना कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन भनेको छ।

प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै सम्पर्कमा नरहेका १६ जना कर्मचारीलाई सात दिनभित्र लिखित जवाफसहित हाजिर हुन भनेको हो।आफूखुसी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ के नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएका कारण कार्यालयले सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन आउन भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार