कतारमा ६२५ नेपाली कामदार अलपत्र

२०८१ बैशाख १४, शुक्रबार

काठमाडौँ : कतारको अल जावर पार्टनर्स कम्पनीमा ६२५ जना नेपाली अलपत्र परेका छन्। कम्पनीले छ महिनादेखि तलब नदिएपछि अलपत्र परेका हुन् ।

तलब नदिएपछि उनीहरुले काम रोकेर प्रशासनलाई जानकारी गराएर बसेको छन् । समस्यामा परेकाहरूलाई गत शनिबारदेखि एनआरएनए कतारले खानाको व्यवस्था गर्दै आएको छ ।

एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गर्दै आएको जानकारी दिए । यस सम्बन्धमा आज श्रममन्त्री डीपी अर्याललाई जानकारी गराएको बताउँदै समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको जानकारी गराएको भट्टले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार