अबको दशक आन्तरिक रोजगारी दशक हुनेछः मन्त्री अर्याल

२०८१ बैशाख १९, बुधबार

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले अबको दशक आन्तरिक रोजगारी दशकको रुपमा मनाउने बताएका छन्।

बुधवार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले यस्तो बताएकी हुन्। उनले आन्तरिक रोजगारी सिर्जना गर्न र देशभित्रै रोजगारी स्थापना गर्नका लागि सानासाना व्यवसायहरुमा पनि जोड दिन आवश्यक रहेको बताए।

उनले सिपलाई अबको एक दशक देशमा सिपमुलक तालिमहरु दिनुपर्ने बताए। सोहीअनुसार मन्त्रालयले योजना बनाइ काम गरिरहेको उनले जिकिर गरे। उनले वैदेशिक रोजगारीमा जानेहरुलाई कसरी सुरक्षित गर्न सकिन्छ भनेर पनि काम गरिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार