काठमाडौँ : नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बसिरहेको छ।
सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बसिरहेको हो। बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित माओवादी सांसदहरूको सहभागिता छ।
बैठकमा बजेट अधिवेशन तथा समसामयिक राजनीतिबारे छलफल हुने नेताहरूले बताएका छन्।





