काठमाडौँ : ललितपुर महानगरपालिका- १७ बाफलको एउटा टहरोमा आगलागी हुँदा ५ जना घाइते भएका छन्। जलेको मोबिल संकलन गरेर राखिएको टहरोमा आगलागी हुँदा त्यहाँ रहेका ५ जना घाइते भएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
घाइते ५ जनालाई उपचारका लागि किस्ट अस्पताल लगिएको छ। एसपी सुवेदीका अनुसार अहिले ५ वटा दमकल र केमिकलकोसमेत सहयोगमा प्रहरी, नेपाली सेनासहितको टोलीले आगो निभ्याउने प्रयास गरिरहेको छ। घटनाकाे विस्तृत विवरण आउँन बाँकी छ।





