बैतडी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

२०८१ जेष्ठ १६, बुधबार

बैतडी : बैतडीको झुलाघाट सडक खण्डमा दुर्घटनामा परेको जिपका मृतक र घाइतेको पहिचान खुलेको छ ।

वुधबार दिउँसो २ बजे बैतडी सदरमुकाम गोठालापानीबाट झुलाघाटतर्फ जादै गरेको सुपप्र ०१–०० १ ज १५०० नम्बरको जिप दशरथचन्द नगरपालिका –१०, आदरपिण्ड र बाराकोटको बिचमा पर्ने भगोडेन्वालोमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका –६, सित्तड माइतिघरबाट भारतको पिथौरागढ जादै गरेकी २८ वर्षीय मीना जोशीको मृत्यु भएको छ । दुर्घटनामा उनका श्रीमान् भारत पिथौरागढका ३० वर्षीय निरज भट्ट घाइते भएका छन् ।

दुर्घटनामा नेपाल माइतिघर भई भारत फर्किदै गरेका अर्का दम्पती पनि घाइते भएका छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका –२, देहिमाडौं माइत भएकी २४ वर्षीय रतना कोहरा र भारत पिथौरागढ बस्ने उहाँको श्रीमान् किसन कोहरा घाइते भएका छन् । दुर्घटनामा घाइते हुनेमा दशरथचन्द नगरपालिका –१०, बुड्डाका २२ वर्षीय ललितराम टमाटा, सोही ठाउँकी निर्मला टमाटा र उहाँका आठ वर्षीय छोरा कार्तिककुमार टमाटा, पुर्चौडी नगरपालिका –५, कुवाकोटकी निरा कुँवर र रहेका छन् ।

सोही जिपमा सवार घाइते कुँवरका श्रीमान् र छोरा भने सकुसल रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको जिप सडकबाट करिब ३० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक खेमबिक्रम केसीले बताए । दुर्घटनामा घाइते भएका सबैको उद्धार गरी जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको उनले जानकारी दिए । दुर्घनापछि जिप चालक दार्चुलाको लेकम गाउँपालिका –३, का ३१ वर्षीय भुवन टमाटा फरार रहेको प्रहरीले जनाएको छ ।

फरार चालकको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार