लेखनाथ : कास्कीको फेवातालमा बिहीबार दिउँसो अचानक आएको हावाहुरीका कारण तलबिच अलपत्र एक पर्यटकको उद्धार गरिएको छ।
सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणको विशेष टोलीले अष्ट्रियाकी नागरिक २७ वर्षीया लाउरालाई उद्धार गरेको कालिका गणका गणपति प्रहरी उपरीक्षक अरुणकुमार शर्माले जानकारी दिए। एक्लै काठको डुङ्गा भाडामा लिई फेवातालमा सेयर गर्नु निस्केकी लाउरालाई पौने ५ बजे उद्धार गरिएको हो। हावाहुरी आएपछि तालमा अतालिएर उद्धारका लागि याचना गर्दागर्दै उनलाई सशस्त्र प्रहरीले निकालेको हो।
सशस्त्र प्रहरी बलको फेवाताल रेस्क्यु टावरमा खटिएको विशेष विपद् व्यवस्थापन टोलीले घटना देख्नेबित्तिकै तुरुन्त परिचालन भई उद्धार गरेको शर्माले जानकारी दिए।





