पेरिस ओलम्पिकमा पहिलो चरणबाटै बाहिरिन जुडोकी मनिता

२०८१ श्रावण १४, सोमबार

काठमाडौँ : पेरिस ओलम्पिक अन्तर्गत जुडो खेलमा नेपालकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाट बाहिरिएकी छन्। मनिता क्याम्प डी मार्स एरिनामा सर्वियन खेलाडी मारिका पेरिसिकसँग पराजित भएसँगै पहिलो चरणबाटै आउट भएकी हुन्। उनले महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी थिइन्।

मनितालाई एक मिनेटमा सर्वियन खेलाडी पेरिसिकले पराजित गरिन्। यो जितसँगै पेरिसिकले अन्तिम १६ को यात्रा तय गरेकी छन् । मनितासँगै पेरिस ओलम्पिकमा नेपालका चार खेलाडीको चुनौती समाप्त भएको छ।

यसअघि टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा पनि समूह चरणमा बाहिरिएका थिए। पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीले सहभागिता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार