रेल दुर्घटना अपडेट : २ जनाको मृत्यु, ५ जना घाइते

२०८१ श्रावण १५, मंगलवार

काठमाडौँ : भारतको झारखण्डको सरायकेला–खरसावन जिल्लामा मंगलबार बिहान भएको रेल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने पाँच व्यक्ति घाइते भएका छन्।

बीबीसी हिन्दीका अनुसार मुम्बई–हावडा मेल बडाबम्बुनजिकै बिहान ४:४५ बजे दुर्घटना भएको हो। यो ठाउँ जमशेदपुरबाट ८० किलोमिटर टाढा छ र दक्षिण पूर्वी रेलवेको चक्रधरपुर डिभिजनअन्तर्गत पर्छ। एक वरिष्ठ रेल अधिकारीले दुर्घटनामा २ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। घाइतेमध्ये एकको अवस्था चिन्ताजनक छ। हावडा-मुम्बई मेल एक्सप्रेसको कोच लिकबाट उछिट्टिएर छेउमा रहेको मालगाडीसँग ठोक्किएको हो।

लिकबाट डिब्बा उछिट्टिने रेलको नाम हावडा-सीएसएमटी एक्सप्रेस हो। जसको नम्बर १२८१० हो। दक्षिण पूर्वी रेलवेका प्रवक्ता ओमप्रकाश चरणले भने- यो दुर्घटनास्थलअगाडि अर्को मालवाहक रेल लिकबाट पल्टेको छ तर दुवै दुर्घटना एकैसाथ भएको हो कि होइन भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार