काठमाडौँ : न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले रिक्त ३५ जिल्ला न्यायाधीशमा सिफारिस गरेको हो ।
सिफारिस हुनेमा न्याय सेवाका कर्मचारी, सरकारी वकिल समूह र कानुन सेवाका कर्मचारी रहेका छन् । यसअघि जिल्ला न्यायाधीशका लागि परीक्षा लिइएको थियो । परीक्षामा कम मात्र व्यक्ति पास हुन सफल भएपछि रिक्त पदमा न्याय परिषद्को बैठकले सिफारिस गरेको हो ।
यसरी सिफारिस भएका न्यायाधीशहरूलाई परिषद्ले नै विभिन्न जिल्लामा पदस्थापन पनि गर्ने छ ।
यी हुन् जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस भएकाहरू-
नारायण रिमाल – जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, ताप्लेजुङ
यामबहादुर बानियाँ – जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, नुवाकोट
रुद्रप्रसाद सुवेदी – उपन्यायाधियक्ता, महान्यायाधिवक्ताको कार्यालय
धर्मराज पौडेल – जिल्ला न्यायाधिवक्ता, जिल्ला सरकारी वकिल कार्यालय, बारा
टंकबहादुर महत – उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सुवर्णमान बनेपाली – उपन्यायाधिवक्ता, अख्तयार दुरुपयोग अनुसन्धान आयोग
तीर्थराज भट्ट, रजिस्ट्रार – उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास
सरिता रायमाझी – उपसचिव, युवा तथा खेलकुद मन्त्रालय
प्रतिमाकुमारी भट्टराई पोखरेल – उपन्यायाधिवक्ता, उच्च सरकारी वकिल कार्यालय, पाटन
शिवप्रसाद पराजुली – स्रेस्तेदार, रोल्पा जिल्ला अदालत
लालसिंह थापा – इजलास अधिकृत, सर्वोच्च अदालत (काज: उच्च अदालत पोखरा, बागलुङ इजलास)
शम्भुप्रसाद रेग्मी – इजलास अधिकृत, सर्वोच्च अदालत
दीपेन्द्रनाथ योगी – स्रेस्तेदार, जुम्ला जिल्ला अदालत
दुर्गाप्रसाद बस्याल – इजलास अधिकृत, सर्वोच्च अदालत
दीपक धिताल – इजलास अधिकृत, सर्वोच्च अदालत
मेघनाथ चापागाई – उपसचिव, न्याय परिषद् सचिवालय
मीनबहादुर कुँवर – इजलास अधिकृत, सर्वोच्च अदालत
इन्द्रकुमार खड्का – इजलास अधिकृत, सर्वोच्च अदालत
नवराज कार्की – इजलास अधिकृत, सर्वोच्च अदालत
राजु ढुंगाना – स्रेस्तेदार पर्वत जिल्ला अदालत
हरिसिंह धामी – उपसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
अरुणकुमार झा – उपसचिव, प्रदेश सभा सचिवालय, मधेश प्रदेस
डोलनाथ न्यौपाने – इजलास अधिकृत, सर्वोच्च अदालत
दुर्गाप्रसाद भट्टराई – स्रेस्तेदार, ललितपुर जिल्ला अदालत
ईश्वर आचार्य – अनुसन्धान अधिकृत, सर्वोच्च अदालत
मोहनबहादुर अधिकारी – उपरजिस्ट्रार, सर्वोच्च अदालत
नारदप्रसाद भट्टराई – स्रेस्तेदार, सुनसरी जिल्ला अदालत
गोपालप्रसाद थापा – फैसला कार्यान्वयन अधिकारी, काठमाडौँ जिल्ला अदालत
चन्द्रदेव भारती – स्रेस्तेदार, कालिकोट जिल्ला अदालत
ठाकुरप्रसाद पौडेल – उपरजिस्ट्रार, सर्वोच्च अदालत
ऋतबहादुर पुलामी मगर – स्रेस्तेदार, भक्तपुर जिल्ला अदालत
जयन्ती अवस्थी भट्ट – इजलास अधिकृत, सर्वोच्च अदालत
दीक्षा प्रधानांग – सम्पादक, सर्वोच्च अदालत
शारदादेवी पौडेल – स्रेस्तेदार, सिन्धुपाल्चोक जिल्ला अदालत
देवी चौधरी – स्रेस्तेदार, राजस्व न्यायाधिकरण काठमाडौँ





