भारतीय विदेश सचिवले भेटे गृहमन्त्री लेखकलाई

२०८१ श्रावण २८, सोमबार

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्रीले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन्। सोमबार दिउँसो गृह मन्त्रालयमा उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको हो। विदेश सचिव मिस्री आइतबार नेपाल आएका थिए।

विदेश सचिव मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरिसकेका छन्। विदेश सचिव मिस्री सोमबार स्वदेश फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार