काठमाडौँ : भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।
स्थानीयले स्कुटरलाई ठक्कर दिने ट्रकमा तोडफोड समेत गरेका छन् । उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान समेत भएको छ ।
बा.४९ प ८९४४ नम्बरकी स्कुटर चालकको मृत्यु भएपछि त्यहाँ प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले शव निकाल्न दिएका छैनन् । ट्रकले स्कुटरलाई लछारेर हत्या गरेको प्रत्यक्षदर्शीले जिकिर गरेका छन् । ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो ।
भक्तपुरका एसपी वेद विष्ट नेतृत्वको टोलीले घटनास्थलमा गएर शव निकाल्ने प्रयास गरिरहेका छन् । प्रदर्शनका कारण यातायात प्रभावित भएको छ ।





