दुई युवामाथि खुकुरी प्रहार, वडाध्यक्षसहित चार जना प्रहरीको नियन्त्रणमा

२०८१ भाद्र २, आईतवार

बाँके : बाँकेमा खुकुरी प्रहारबाट दुई युवा गम्भीर घाइते भएका छन्।

जिल्लाको बैजनाथ गाउँपालिका वडा नम्बर ७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्ल र राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सन्दिप बिष्ट एक समूहको खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। घाइतेमध्ये मल्लको बायाँ कोखामा र बिष्टको दुवै हातको कुममा गहिरो चोट छ। बिष्टभन्दा मल्लको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको स्रोतले बताएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले शनिबार बेलुकी ८ बजेतिर राप्ती सोनारी वडा नम्बर २ बिलौना चोकमा एक समूहले उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए। घटना सोधपुछका लागि राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष ज्ञानेन्द्र भनिने ज्ञानु वलीसहित चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी कार्कीले बताए।

प्रहरीले अन्य तीन जनाको नाम भने खुलाएको छैन। वडाध्यक्ष वली नेकपा (एमाले) निकट युवा संघ बाँकेका अध्यक्ष हुन्। एसपी कार्कीका अनुसार यी दुवै समूह विगतदेखि नै खोलामा बालुवा–गिट्टीको काम गर्ने समूह रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1

ताजा समाचार