काठमाडौं : स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह सोमबारको टुँडिखेल र पाटन कृष्णमन्दिरको घटना राजनीतिक नेताहरु र दलहरुलाई जाग्नु पर्ने चेतावनी भएको टिप्पणी गरेका छन्।
सिंहले बंगलादेशमा पनि सेख हसिनासँग पनि दुई तिहाईको जनादेश रहेको उल्लेख गर्दै आफूले भयाभव अवस्था आउँदै गरेको देखेको बताए। उनले दलहरुले आफ्नै नेतृत्वमा सरकार हुँदा पनि विश्व विद्यालय आफ्नै बिद्यार्थी संगठनले बन्द गरिरहेको आरोप लगाए। सिंहले नेताहरु नसुध्रिएमा हावा हुण्डरीले नेताहरुलाई उडाउने समेत चेतावनी दिए।





