दोहोराे नागरिकता लिन खोज्ने पक्राउ

२०८१ भाद्र २६, बुधबार

रुपन्देही : जिल्ला प्रशासन कार्यालय पाल्पाबाट नागरिकता लिएर फेरि नवलपुरबाट लिन खोज्ने एक व्यक्ति पक्राउ परेकालाई पूर्वीनवलपरासीको कावासोतीमा प्रहरीले दोहोरो नागरिकता लिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । मध्यविन्दु नगरपालिका वडा नं. १० का ३९ वर्षीय टिकाप्रसाद टोमटालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रीकुमार पौडेल टोमटाले नयाँ नागरिकता बनाउनका लागि जन्ममितिलगायत सम्पूर्ण विवरण झुटो पेश गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीकुमार पौडेलले जानकारी दिए । उनले यो विषयमा अनुसन्धान भइरहेको बताए ।

टोमटालाई फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४(६) बमोजिम दोहोरो नागरिकता शीर्षकमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको पौडेलले जानकारी दिए । कुनै नेपालीले झुटो विवरण पेशगरी नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद र एक लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

यसअघि भदौ १३ गते पनि दोहोरो नागरिकता लिन खोज्दा गौँडाकोट नगरपालिका वडा नं. ५ का बलराम सापकोटाका छोरा २८ वर्षीय अर्जुन सापकोटा पक्राउ परेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार