भोटेकोशीमा खसेको गाडीको चालक अझै बेपत्ता

२०८१ भाद्र २९, शनिबार

सिन्धुपाल्चोक: भोटेकोशीमा जिप खसेर बेपत्ता भएकामध्ये एकजनाको शव भेटिएको छ।

शनिबार दिउँसो सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका- ६ स्थित सुनकोशी जलविद्युत केन्द्रको ड्याम साइट नजिकै महिलाको शव भेटिएको इलाका प्रहरी कार्यालय बाह्रविसेका इन्स्पेक्टर सुमेश पाण्डेले जानकारी दिए। शव भेटिएको स्थान दुर्घटनास्थलबाट अन्दाजी १५ किलोमिटरभन्दा तल रहेको इन्स्पेक्टर पाण्डेले बताए।

स्थानीयले शव देखिएको खबर गरेपछि पुगेको प्रहरीले उक्त शव शुक्रबार भोटेकोशीमा खसेको गाडीमा सवार बाह्रबिसे नगरपालिका-९ बस्ने ३६ वर्षीया सुन्तली  भनिने सुनिता तामाङ नै रहेको खुलेको थियो। शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल बाह्रबिसे लगिएको इन्स्पेक्टर पाण्डेले जानकारी दिए।

गाडीका चालक भने अझै बेपत्ता छन्। उनको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोली भोलि पुग्ने र खोजी सुरू गरिने बताइएको छ। पानी परेकाले पनि खोजीमा कठीन भएको इन्स्पेक्टर पाण्डेले  जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार