कस्तो रहनेछ आजको मौसम ?

२०८१ भाद्र ३०, आईतवार

काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको तथा  देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ भने  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरीसमेत चल्ने  सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ ।  कोशी बागमती र गण्डकी प्रदेश एक–दुई स्थानमा  चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको  समेत सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार