सांसद साहलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

२०८३ श्रावण ६, बुधबार

काठमाडौँ : सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले सुनुवाइ गर्दै अर्को आदेश नहुँदासम्मका लागि पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। साहमाथि कृष्ण नगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको सामूहिक आक्रमणमा संलग्न रहेको आरोप थियो।

सांसद साह र कृष्ण नगर नगरपालिकाका प्रमुख रजत प्रताप साह सहित १५/२० जनाको समूहले आफ्नो घरमै आएर आफूमाथि कुटपिट गरेको भन्दै शर्माले प्रहरीमा उजुरी दिएका थिए। शर्माको उजुरीपछि प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रक्रिया अघि बढाएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार