सिरहामा बाढीले बगायो हुलाकी सडक

२०८१ आश्विन १२, शनिबार

लहान : सिरहामा निरन्तर वर्षापछि खोलामा आएको बाढीले हुलाकी सडक नै बगाएको छ । औरही गाउँपालिका र सिरहा नगरपालिकाको सिमानामा रहेको सहजा खोलाले सडक बगाएको हो ।

बाढीले शुक्रबारदेखि नै खोल्न थालेको सो सडक शनिबार आवतजावत नै गर्न नसकिने गरी बगाएको स्थानीयबासीले जानकारी दिएका छन्‌ । सहजा खोलामा लामो समयदेखि पुल निर्माणाधीन छ । पुल नहुँदा सर्वसाधारण छेउमै रहेको सडकबाट आउजाउ गर्छन् ।

एकमात्र सडक बाढीले बगाएपछि आवागमन नै अवरुद्ध भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार