नागार्जुन पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

२०८१ आश्विन १३, आईतवार

काठमाडौँ : काठमाडौँको नागार्जुन नगरपालिका–३ इचुङ्ग नारायण मन्दिर नजिकै पहिरोले घर भत्किँदा पाँच जनाको मृत्यु भएको छ ।

यसैगरी, पहिरोमा परी दुई जना घाइते भएका छन् । घाइतेको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । शनिबार एक र आइतबार चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक पाँच जनाको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार