राजतन्त्र फर्किने कुनै सम्भावना छैन : प्रचण्ड

२०८१ आश्विन २३, बुधबार

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र कांग्रेसले संविधान संशोधन नभएर खारेज गर्न चाहेको आरोप लगाएका छन् ।

आज सम्पादकहरूसँगको अन्तरक्रियाका क्रममा प्रचण्डले एमालेले संविधानको संशोधन नभएर खारेजीको पक्षमा रहेको बताए । ‘एमाले नेतृत्वलाई सुरुदेखि नै संविधान मन परेको थिएन । त्यसैले उसको चाहना संशोधन होइन खारेजी हो,’ प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले अहिले राजतन्त्र फर्किन सम्भव नै नभएको बताएका छन् । पूर्व राजाको भुटान भ्रमण आन्तरिक राजनीतिक संकटको अभिव्यक्ति भए पनि कतैबाट हेर्दा पनि राजतन्त्र फर्किने सम्भावना नरहेको उनको भनाई छ । उनले भने, ‘मलाई कहीँ कतै फेरि राजा आउने चाहिँ लाग्दैन सम्भव छैन । कतैबाट हेर्दा पनि त्यो सम्भव छैन ।’ उनले इतिहासको विकासको दृष्टिकोण, पूर्वराज र उनको परिवारको कारणले पनि राजतन्त्र फर्किहाल्ने अवस्था नभएको बताए ।

उनले भने, ‘इतिहासको विकासको दृष्टिकोणलेले पनि हामी राजतन्त्रबाट गणतन्त्रमा गइसकेका छौँ । गणतन्त्रमा गइसकेका जनता सजिलै फेरि राजतन्त्रतिर फर्किने भन्ने अपवाद बाहेक हुँदैन । राजा र उनको परिवारको कारण ले पनि सम्भव छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार